फोटो फिचर

फोटो फिचर

सुनसान काठमाडौँमा चहलपहल बढ्यो

उपत्यकाका केही चाेकमा ट्राफिक जाम

इकागज |
असोज २९, २०७८ बजे

सबै फोटो क्रेडिट : लोकेन्द्र विश्वकर्मा

काठमाडाै‌ँ - दसैको टीका लगत्तै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । चोक चोकमा जाम समेत बढेको छ । बिहान १० बजे टीकापछि नै काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । यसअघि गएका वर्षमा काठमाडौँमा टीका र टीकाको अघिल्लो दिन पूर्ण रुपमा सुनसान हुने गरेको थियो ।


तर यस वर्ष गएको वर्षको जस्तो सुनसान भने छैन । फाट्टफुट्ट गाडी चलेको छन् । निजी गाडी चलिरहदा सार्वजनिक गाडी पनि चल्न थालेका छन् ।

टीका लगाएसँगै टीका लगाउन आफन्तकहाँ जानेको चहलपहल छ भने यस वर्ष धेरैको टीका नभएका कारण पनि काठमाडौँमा चहलपहल घटेको छैन ।

कोभिड १९ महामारीका कारण धेरैले आफन्त गुमाउँदा टीका लगाउन घर गएका छैनन । केहीले व्यापार व्यवसाय पनि जारी राखेका छन् । 



Author
थप समाचार