फोटो फिचर

साँझपख दहचोकबाट देखिएको हिमश्रृंखला [फोटो फिचर]

अनुज बज्राचार्य |
कात्तिक २७, २०७८ बजे

काठमाडौँ - चन्द्रागिरि नगरपालिकास्थित दहचोकभन्दा माथि रहेको कालु पाडेको समाधिस्थलबाट देखिएको हिमशृंखला । अस्ताउनै लागेको घामको किरणले उक्त हिमश्रृंखलाको चुचुरो सुनझैं टल्किएको छ ।


काठमाडौं उपत्यकाभित्रै पर्ने यो स्थानलाई स्थानीय सरकारले पर्यटकीय क्षेत्र बताउने गरे पनि कलंकीदेखि दहचोकहुँदै पाडेको समाधिस्थलसम्म पुग्नका लागि सुविधा सम्पन्न मोटरबाटो छैन । केही भागमा बिग्रिएकाे र खाल्डा परेकाे सडकबाटै आन्तरिक तथा बाह्य पर्यटक र अनुसन्धाता सो स्थानमा पुग्ने गरेका छन् ।

स्तरीय सडक नहुँदा त्यहाँ पुग्ने पर्यटक, अनुसन्धाता र स्थानीय सर्वसाधारणले केही हैरानी खप्नु परेको छ । पाडेकाे समाधिस्थल वरिपरिको बस्तीमा खानेपानी, बिजुली बत्ती र शौचालयको अभाव रहेको स्थानीबासी बताउँछन् ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार