फोटो फिचर

यस्तो देखियो एमालेको १०औँ महाधिवेशनको अन्तिम बन्द सत्र (फोटो फिचर)

अनुज बज्राचार्य |
मंसिर १४, २०७८ बजे

काठामडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनको अन्तिम बन्दसत्र जारी छ । बन्दसत्रमा नयाँ नेतृत्वको घोषणा तथा शपथ हुँदैछ ।  एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ८ सय ३७ मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए ।  


ओलीले एकलौटी निर्णय गरेर प्रारम्भीक सूची सार्वजनिक गरेर घोषणा गर्न नदिएका रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।  
यसपटक ३३ जनाले नो भोट प्रयोग गरेका छन् । 

एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकप्रिय मत ल्याइन् । २०९६ मतमध्ये उनले १९७६ मत प्राप्त गरिन् ।  त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १ हजार ८४२ मत,  रामबहादर थापाले १७६८ मत ल्याएर उपाध्यक्ष निर्वाचित भए । घनश्याम भुसाल भने ७२५ मात्र भोट ल्याएर पराजित भए ।  

सात जना सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याए । उनले १९७४ मत ल्याए । योगेश भट्टराईले १९६४, पद्‍मा अर्याल १७९९ र छविलाल विश्वकर्माले समान १ हजार ८ सय ३, माओवादी ‍परित्याग गरेर एमाले बनेका लेखराज भट्टले १७०४ र टोपबहादुर रायमाझीले १८०४, रघुवीर महासेठ १५०० मत ल्याएर सचिव भए ।  भीम आचार्य र टंक कार्की भने पराजित भए । आचार्यले ७६८ मत प्राप्त गरे भने कार्कीले ५५९ ल्याए । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार