फोटो फिचर

फोटो फिचर

एमाले अध्यक्षदेखि सदस्यसम्मको शपथ

अनुज बज्राचार्य |
मंसिर १४, २०७८ बजे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत पदाधिकारी र सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओलीलाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसपछि ओलीले पदाधिकारी र सदस्यलाई शपथग्रहण गराएका हुन् ।


भीम रावलसँग भएको चुनावी प्रतिष्पर्धामा १८३७ मत ल्याएर ओली एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी रावलले भने २२३ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष र सचिवले पनि चुनाव जितेर शपथग्रहण गरेका हुन् । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार