फोटो फिचर

नगरकोट नजर : हिमाल, बादल र कुहिराेकाे सम्मिश्रण [फोटो फिचर]

अनुज बज्राचार्य |
मंसिर १८, २०७८ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकाका नजिकको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ, नगरकोट । चिसो याममा नगरकोटको विशेषता अझ फरक छ । जहाँ बिहानै हिमाल देख्न सकिन्छ । तर त्यो भन्दा बिहान कुहिरोले भरिएको बस्तीको दृश्यले मोहित पार्छ ।


खासगरी हिमाललाई नजिकबाट हेर्नका लागि नगरकोटसम्म पुग्नेको संख्या बढ्दो छ । तर जाडोमा नगरकोट पुग्नेहरुको पहिलो नजर भने कुहिरोमा पर्छ । कुहिरो हेर्दाहेर्दै घामको झुल्को पर्छ । अनि त्यसपछि घर तथा होटलको छत एवं झ्यालबाट हिमाल नियाल्नेको लाम देखिन्छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार