फोटो फिचर

कप्तान भरतको पहिलो गोलमा आर्मीको पहिलो जित (फोटो फिचर)

अनुज बज्राचार्य |
मंसिर १९, २०७८ बजे

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले आइतबार पहिलो जीत हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले ब्रिगेड ब्याइज क्लब (बीबीसी)लाई १–० ले पराजित ग¥यो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे । 

यसअघिका दुई खेलमा आर्मी विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबसँग बराबरीमा रोकिएको थियो । नयाँ सिजनको लिगमा आर्मीले पहिलो पटक तीन अंक बटुल्दा भरतले ८५ औँ मिनेटमा गोल गरे । मिडफिल्डर सन्तोष तामाङले दिएको लामो पासलाई भरतले बक्स बाहिरबाट सुन्दर गोलमा परिणत गरे । यसपालिको लिगमा भरतले गारेको यो पहिलो गोल हो । 


उता बीबीसीका लागि भने यो पहिलो हार हो । पहिलो खेलमा विभागीय टिम एपीएफ फुटबल क्लबलाई पराजित गरेको बीबीसीले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)सँग बराबरी खेलेको थियो । आर्मीसँग हारेसँगै बीबीसीको खातामा चार अंक छ र उ सातौँ स्थानमा झरेको छ । विजयी बनेको आर्मी भने पाँच अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार