फोटो फिचर

एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँमा नेमकिपाकाे प्रदर्शन

अनुज बज्राचार्य |
पुस १६, २०७८ बजे

काठमाडौँ ः नेपाल मजदुर किसान पार्टी नेमकिपाले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले शुक्रबार काठमाडौंको माइतिघरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । 


प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौतालाई ’राष्ट्रघाती’ भएको भन्दै यसको खारजी गर्नुपर्ने नारा लगाएका थिए । एमसीसी अघि नबढाउनका लागि सरकार र सांसदहरुलाई खबरदारी गर्न भन्दै प्रदर्शन गरिएको नेमकिपा नेता प्रेम सुवालले बताए । उनले एमसीसी अमेरिकाको षडयन्त्र भएको उल्लेख गरे । 

मुलुकको हित विपरित एमसीसीलाई अघि बढाए थप संघर्ष गर्ने चेतावनी नेमकिपाले दिएको छ । 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार