फोटो फिचर

राष्ट्रपति र पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटो फिचर)

अनुज बज्राचार्य |
पुस २७, २०७८ बजे

काठमाडौँ – नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पृथ्वी जयन्तीको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् । उनीहरुले एउटै ठाउँमा पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरे ।
 
 राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबारको मुख्य गेटबाहिरको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र पहिलो पटक सिंहदरबार पुगेका हुन् ।   राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तिको दिन सार्वजनिक बिदा दिने गरिए पनि गणतन्त्रपछि भने बिदा नै कटौती गरियो ।  




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार