फोटो फिचर

यस वर्ष फोटो सेसनमा टुँडिखेलको माघी [फोटो फिचर]

अनुज बज्राचार्य |
माघ १, २०७८ बजे

काठमाडौं : धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर मनाइने माघी पर्व यस वर्ष टुँडिखेलमा भव्य हुन सकेन । खासगरी आदीबासी जनजाती समुदायले भव्य रुपमा मनाउने माघे संक्रान्ति यस वर्ष टुँडिखेलमा फोटो सेसनमा सीमित भएको छ ।


विगत वर्षझैँ यस वर्ष पनि माघी मनाउन टुँडिखेल पुगेका युवा युवतीहरु रमझममा रमाउन सकेनन् । युवतीहरुले फोटो खिचेर रमाइलो गर्दा केही युवामात्रै देखिए । एकातिर सरकारको कडा स्वास्थ्य मापदण्ड । अर्कोतिर नजिकै सेना तथा प्रहरीले पनि खुलेर सांस्कृतिक नाचगाँन गर्न नदिने भएपछि यस वर्षको माघी फोटो सेसनमै सीमित भएको हो ।

यस वर्ष कोभिडका कारण टुँडिखेलमा आउने मगर तथा थारु समुदायका मानिसहरुले परिकार पनि खासै ल्याएनन् । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार