बालुवाटारमा यसरी मनाइयो योग दिवस
काठमाडौं : यस वर्षको राष्ट्रिय योग दिवस बालुवाटारमा मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ नाराका साथ बालुवाटारमा यस वर्षको राष्ट्रिय योग दिवस मनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मनाइएको योग दिवसमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतका उच्च पदस्थहरुको सहभागिता थियो । योगले मानिसको शरीरलाई स्वस्थ्य राख्छ भने नियमित योग गर्नाले मधुमेश, मोटोपन जस्ता रोगबाट जोगिन सहयोग पुग्छ ।
सबै तस्बिर : प्रधानमन्त्रीको सचिवालय