फोटो फिचर

नेपालमा अमेरिकी सहायता परियाेजना

एमसीसी पारितको दिन हात हतियारसहित प्रदर्शन [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन १५, २०७८ बजे

काठमाडौँ : एमसीसी संसद्बाट पारित हुने दिन प्रदर्शनकारीले हात हतियारसहित प्रदर्शन गरेका छन् । हँसिया, हथौडा र फलामको रडसहित प्रदर्शनकारीले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले हँसिया र हथौडासहित प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए ।


प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपनि झपड समेत भएको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेपछि उनीहरुले हँसिया र हथौडा समात्दै प्रहरीको काँडेतार नाघ्न थालेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई राप्रपा र माओवादीका भ्रातृ संगठन लगायतले आइतबार पनि निरन्तरता दिएका थिए । 

अरु दिनभन्दा आइतबारको प्रदर्शनमा उनीहरु उग्र भएर उत्रिएका थिए । 


 



Author
थप समाचार