फोटो फिचर

माउन्ट केटुको आरोहण गरेर कीर्तिमान राखेको नेपाली टोली स्वदेश फर्कियो

इकागज |
माघ १३, २०७७ बजे

काठमाडौं ।  विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्ताको मान्ट केटुको सफलतापूर्वक आरोहण गरे कीर्तिमान कायम गरेको नेपाली टोली नेपाल फर्किएको छ । आरोही निर्मल पुर्जासहितको १० जनाको टोली आज (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । उनीहरुले गत माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए ।  

उनीहरुलाई आज बिहान ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रतिनिधिहरुले स्वागत गरेका थिए ।  हिउँदयाममा केटु चढेर उनीहरुले कीर्तिमान राखेका हुन् । उनीहरुको टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीलगायतले पाकिस्तानी सरकारको तर्फबाट बधाई दिए थिए ।  केटु हिमालको उचाइ आठ हजार ६ सय ११ मिटर छ ।  


आरोहीहरु निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले केटुको सफल आरोहण गरेका हुन्। उनीहरु मध्ये मिङ्माजी शेर्पाले भने अक्सिजनविना नै सफल आरोहण गरेका हुन् ।  सरकारले पनि आरोहीहरुलाई स्वागत तथा सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० जनालाई बधाई दिँदै आगामी दिनमा हिमाल आरोहणमा जानु अघि जानकारी गराए सरकारले सहयोग गर्ने पनि बताए ।   

 

 



Author
थप समाचार