फोटो फिचर

नागरिकका नारा :

'प्रतिनिधि सभा मार्न पाइँदैन, निर‌ंकुश सरकार चाहिँदैन'

सुनिल महर्जन |
माघ १७, २०७७ बजे

काठमाडौँ : प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले राजधानीमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा प्रतिनिधि सभा विघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डा गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्तिहरु सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा मार्न पाइँदैन, निर‌ंकुश सरकार चाहिँदैन,नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्ले कार्ड बोकेर सरकारको विरोध गरेका थिए ।


माइतLघरबाट सुरु विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए। मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गएपनि सरकार भने मौन रहेको उनले बताए । 



Author

सुनिल महर्जन

दृष्य कथा संकलनमा रुची राख्ने महर्जन फोटो पत्रकार हुन्।

थप समाचार