फोटो फिचर

'केपी ओली आई लभ यू' भन्‍दै युवाहरुले गरे मार्चपास

सुजल बज्राचार्य |
माघ २२, २०७७ बजे

काठमाडौं : २३ गतेको जनसभाको तयारी स्वरुप नेकपा केपी शर्मा ओली पक्षका युवाहरूले काठमाडौँमा मार्चपास गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरूले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् । 


नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्‍नेतले २३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्‍ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताए । २३ गतेको जनसभामा ३ लाख जनता उतार्ने उनले दाबी गरे । मार्चपासमा युवाहरूले केपी ओली आई लभ यू, केपी ओली जिन्दावादलगायतका नारा लगाएका थिए ।

 



Author
थप समाचार