फोटो फिचर

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले गरे वसन्‍त श्रवण (फोटो फिचर)

इकागज |
फागुन ४, २०७७ बजे

काठमाडौँ  :  हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा मनाइने विद्याकी देवी सरस्वतीको पुजा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा पुगेर वसन्त श्रवण गरिन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको साइत अनुसार विहान १०ः१७ मिनेटमा राष्ट्रपति भण्डारीले त्यहाँका पुजारीबाट फूलमाला, टिका र प्रसाद ग्रहण गरेकी हुन् ।

राजतन्त्रको समयमा राजाले वसन्त श्रवण गर्ने प्रचलन थियो । गणतन्त्र आएपछि राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले वसन्त श्रवण गर्ने गरिएको छ । वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी ओली, सभामुख अग्‍निप्रसाद सापकोटालगायत हनुमानढोका पुगेका थिए । 


 



Author
थप समाचार