फोटो फिचर

आइपुग्‍यो दोस्रो चरणको कोरोना खोप (फोटो फिचर)

इकागज |
फागुन ९, २०७७ बजे

तस्बिर सौजन्य काठमाडौँस्थित भारतीय दूतावास

 काठमाडौँ :  भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोडिभ १९ विरुद्धको खोप आज आइपुगेको छ । भारतीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर आइतबार दिउँसो भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप आइतबार आइपुग्‍ने जनाएको केही घण्टामा नै खोप आइपुगेको हो । सरकारले भारतबाट २० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढाएको छ । सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप ल्याउन लागेको हो ।


दिल्लीबाट एयर इण्डियाको जहाजमा उक्त खोप ल्याइएको हो । उक्त खोप टेकु स्थित अस्पतालमा रहेको भण्डारणमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

उक्त खोप भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेकाले विकसित गरेको र खोपको स्थानीय नाम कोभिशील्ड रहेको छ । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर खोप ल्याएको हो । भारतीय कम्पनीले सबै भुक्तानी दिएपछि मात्रै खोप उपलब्ध गराउन सकिने भनेपछि सरकारले ऐन संशोधन गरेर खोप खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको थियो । आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई लगाइएको छ ।  

 

 

 



Author
थप समाचार