फोटो फिचर

नारायणहिटीअगाडि 'प्रतिगमनविरुद्ध जुत्ता प्रहार' (फोटो फिचर)

सरोज बैजु |
फागुन १०, २०७७ बजे

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहको विद्यार्थी संगठन (अनेरास्ववियू) ले संसद् विघटनविरुद्ध नारायणहिटीबाट प्रतिगमनलाई जुत्ता हान्‍ने कार्यक्रम गरेको छ । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्बिर बनाएर त्यसलाई जुत्ताले हानेका थिए ।


जुत्ता हान्ने कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता रञ्जित तामाङले अहिले सांकेतिक विरोध मात्रै गरेको जनाए । ‘प्रतिगमनकोविरुद्ध अनेरास्ववियूले अहिले सांकेतिक विरोध मात्र गरेको हो । प्रतिगमनका मतियारहरुलाई पञ्च भेला गरेर रयाली गरेर तमासा देखाउने हैन भन्न चाहन्छौँ,’ तामाङले भने, ‘केपी ओली र तिनका मतियारका पञ्च भेला हामीलाई चाहिएको छैन । आज हामीले संकेत मात्र गरेर जुत्ता हानेका छौँ । प्रतिगमन नसच्याउने हो भने मतियारहरुलाई जुत्ताको माला लगाउने दिन आउने छ ।’ 

उनले प्रधानमन्त्री ओली र उनी निकटकाहरुले संविधानको पालना नगरेको भन्दै संविधानको पालना गर्न पनि आग्रह गरे । तामाङले प्रधानमन्त्री ओली नयाँ जंग बहादुर बन्न खोजेको भन्दै आक्रोश पोखे । ‘नयाँ जंग बहादुर बन्न लागेकोहरुलाई हामी चेतावनी दिन चाहन्छौँ । आज सांकेतिक कार्यक्रम गरियो । साँच्चै कार्यक्रम गर्न नपरोस्’ उनले भने ।  

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार