फोटो फिचर

'ल्‍याऔं कमी भ्‍याटमा, ट्‍याक्‍स नलगाऔं प्‍याडमा'

सरोज बैजु |
फागुन २४, २०७७ बजे

काठमाडौँ : आज १११औँ अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 


नेपालमा पनि विविध कार्यक्रमगरी मनाइँदैछ ।  दिवसको अवसरमा माइतीघर मण्‍डलामा यूवा विद्यार्थीले विभिन्‍न नारा लेखिएका पर्चा पम्‍पलेट बोकेर प्रदशर्न गरेका छन् । उनीहरूले नारीवादी एकल नाटक, गीत-संगीत तथा कवितावाचन प्रस्तुत गरेका थिए । उनीहरूले ल्‍याऔं कमी भ्‍याटमा, ट्‍याक्‍स नलगाऔं प्‍याडमालगायत नारा लेखिएका प्‍लेकार्ड बोकेका थिए ।

 

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार