फोटो फिचर

जुम्लामा बाक्लो हिमपात (फोटो फिचर)

विष्णु विश्‍वकर्मा |
फागुन २४, २०७७ बजे

जुम्ला : जुम्लासहित कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार जुम्ला, मुगु र हुम्लासहितका हिमाली जिल्लामा भारी हिमपात भएको हो । यो हिमपात पुस महिनायताकै ठूलो रहेको स्थानीयहरू बताउँछन् । जुम्ला भुलभुलेका होटल व्यवसायी भीम भण्डारीले पुसपछि बाक्लो हिमपात भएको बताए । 


हिमपातले रारा हिडेका पर्यटक जुम्लाको भुलभुलेमै रोकिएका छन् । हिमपातका कारण भुलभुलेको तापक्रम ४ डिग्री सेल्सियसमा झरेपछि जीप तथा मोटरसाइकलमा रारा हिडेका पर्यटक भुलभुलेमा गाडी रोकेर बसेका छन् । 

हिमपातले जुम्लाका पहाडहरू सेताम्मे बनेका छन् । सडक हिउले ढाकिएको छ । रारा पुग्न नसके पनि पर्यटक हिउ खेल्न थालेका छन् । हिमपात भएसँगै किसान खुशी भएका छन् । यस वर्ष राम्रोसँग हिमपात नहुँदा बाली बिग्रने चिन्ता किसानलाई थियो । 


 



Author
थप समाचार