फोटो फिचर

तस्‍वीरमा हेर्नुहोस् सेना दिवसमा आयोजित समारोह

इकागज |
फागुन २७, २०७७ बजे

काठमाडौँ : नेपाली सेनाले बिहीबार विविध कार्यक्रमगरी सेना दिवस मनाएको छ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्द पुनलगायत सहभागी भए ।


समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकी समेत प्रदर्शन गर्‍यो ।



Author
थप समाचार