फोटो फिचर

फागु पर्व

वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो होली (फोटोफिचर)

सरोज बैजु |
चैत ८, २०७७ बजे

काठमाडौँ : यस वर्षको होली पर्व सुरु भएको छ । हनुमानढोका वसन्तपुरमा बिहान ८ बजेपछि चीर ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका ध्वजापतकासहित सजाइएको बाँसको चीर ठड्याएपछि होली सुरु हुन्छ ।

चीर ठड्याइएसँगै स्थानीयहरू हर्ष बढाइँका साथ अबिर दलेर होली मनाउँछन् । तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । 


यस वर्ष हिमाली तथा पहाडी जिल्लामा चैत १५ र तराई तथा मधेसमा चैत १६ गते होली परेको छ । 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार