फोटो फिचर

बंगलादेशको विजयी सुरुवात (फोटो फिचर)

सरोज बैजु |
चैत १०, २०७७ बजे

काठमाडौँ  :  थ्री-नेसन्स कपको उद्घाटन खेलमा मंगलबार बंगलादेशले किर्गिस्तानको अण्डर-२३ टिमलाई लाई १-० ले पराजित गरेको छ । कुमारबाज उलु बाइएमानले आत्मघाती गोल गरेपछि मध्य एसियाको किर्गिस युवा टोली बंगलादेशसँग निराश बन्यो ।काठमाडौँको दशरथ रंगशालामा सुरु प्रतियोगिताको पहिलो खेलमा दुबै टिमले पर्याप्त मौका सिर्जना गरे । तर अग्रपंक्तिका खेलाडीहरु निरन्तर चुक्दा खेलमा दोस्रो गोल भएन । खेलको सुरवातबाटै दुबै टिम आक्रमकरुपमा प्रस्तुत भए । तर गोल हुन आधा घण्टा पर्खनु पर्‍यो । 


बंगलादेशका स्ट्राइकर साद उद्ददिनले प्रहार गरेको क्रस क्लियर गर्ने क्रममा बाइएमानले आत्मघाती गोल गरे । उद्ददिनको क्रस संकलन गर्न रिमोन हुसेन बक्सतर्फ लम्किरहेका कारण बाइमानले खतरा महसुस गर्दै समयमै बल क्लियर गर्न खोजेका थिए । पहिलो हाफमा नियमित कप्तान जमाल भुयानबिना उत्रेको बंगलादेशले केही राम्रा अवसर सिर्जना गर्‍यो । तर, अवसर गोल अन्तर बढ्न सकेन । दोस्रो हाफको अन्तिम १५ मिनेट किर्गिस्तानले खेलमा दबाब बनाए पनि बंगलादेशको युवा रक्षापंक्तिलाई तोड्न सकेन । 

खेलमा बंगलादेशका प्रशिक्षक जेम्स डेले तनि खेलाडीलाई डेब्यु गराएका थिए । रक्षापंक्तिमा रिमोन हुसेन र हबिबुर रहमान सोहागले बंगलादेशका लागि पहिलो क्याप जित्दा फरवार्ड मेहदी हसनले पनि टिममा पहिलो पटक मौका पाए ।पहिलो खेलमै जित दर्ता गरेपछि बंगलादेश फाइनल पुग्ने सम्भावना बलियो भएको छ । राउण्ड रोबिन लिगमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो खेलमा चैत १२ गते आयोजक नेपाल र किर्गिस्तान भिड्नेछन् ।

त्यस्तै बंगलादेशले आफ्नो दोस्रो खेलमा नेपालको सामना गर्ने छ । चैत १४ मा हुने त्यस खेलमा बराबरी मात्रै गरेपनि बंगलादेशले उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा भइरहेको प्रतियोगिताको विजेताले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुनेलाई तीन हजार दिइनेछ 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार