फोटो फिचर

यसरी मनाइयो २५६६औँ बुद्ध जयन्ती

अनुज बज्राचार्य |
जेठ २, २०७९ बजे

काठमाडौँ- शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्व शाक्य मुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । 


“अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हो” यस्ता अनेकौँ कालजायी सन्देशका वाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । विगतका दुई वर्ष कोरानाबाट बच्न देशभर बन्दाबन्दी गरिएकाले बुद्ध जयन्ती भौतिक दूरी कायम गरी सीमित बौद्ध गुरुले चैत्य, गुम्बा, विहारलगायत धार्मिक स्थलमा पूजा आराधना गरी मनाएका थिए । यस वर्ष भने औपचारिक कार्यक्रम पनि गरिएको छ । लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आई पूजा, आराधना, ध्यानसहित औपचारिक कार्यक्रम भएको थियो । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार