क्रिकेट

जोनसनको शतकमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २२८ रनको लक्ष्य

इकागज |
बैशाख १९, २०८१ बुधबार १४:० बजे

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो ।


वेस्ट इन्डिज 'ए' का लागि जोनसन चार्ल्सले १ सय १९ रन बनाए । उनले बलको ६१ सामना गर्दा १३ चौका र ७ छक्का हिर्काए ।

आन्द्रे प्लेचरले ५३ रन तथा एलिस अथानेजले १७ रन जोडे । फावियन एलेनले १९ रन बनाए ।  

नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट हात पारे ।

यसअघि पहिलो खेल नेपालले जित्दा दोस्रो खेल भने वेस्ट इन्डिज 'ए' ले आफ्नो पक्षमा पारेको थियो ।


Author

थप समाचार
x