बैंक-वित्त

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट तीन जना पक्राउ

इकागज | बैशाख २०, २०८१

वीरगन्ज - वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरिएको लाखौँ रुपैयाँ सहित भारत बिहार मोतीहारी जिल्लाबाट तीन जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने विभिन्न उपकरणसहित एक महिलासहित दुई पुरुष गरी तीनजना लाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले जानकारी दिएका छन्। उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ, एकथान घरेलु हतियार नलकटुवा, दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुई थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए ।

केही दिन अघि भारतीय बजार ढाकामा दुईवटा पसलमा लुटेको सामान मध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ। साथै पक्राउ  परेकाहरूले नबील बैंक वीरगंज शाखाको लुटमा संलग्न रहेको र केही दिन अघि एकजना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एसपी मिश्रले बताए । 

पक्राउ परेका तीनै जना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ। आरोपीहरू पक्राउ परेपछि एक जना वीरगंजका नेपाली सुरक्षा अधिकारीलाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एसपी मिश्रले जानकारी दिए । 

 

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग से...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डल...

१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ लेखापरीक्षक कम्पनी सर्टलिस्ट

इकागज | बैशाख १८, २०८१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षकलाई सर्टलिस्...

कामना सेवा विकास बैंकका ग्राहकले मुक्तिनाथ पोलिक्लिनिकमा छुट पाउने

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवा शुल्क छ...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा ८.९९ प्रतिशत स्थिर ब्याजदर

इकागज | बैशाख १७, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको ...

सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण...