क्रिकेट

आईपीएल : मुम्बईले कलकताको सामना गर्दै

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति मुम्बई इन्डियन्सले कलकता नाइट राइडर्सको सामना गर्दैछ ।

मुम्बई र कलकताबीचको खेल वान्खेडे मैदानमा नेपाली समयअनुसार आज राति ७:४५ बजेबाट सुरु हुँदैछ ।

जारी आईपीएलमा मुम्बईले १० खेलबाट केवल ६ अंक जोडेको छ । मुम्बईले ३ खेलमा जित हात पार्दा ७ खेलमा पराजय भोगेको छ ।

यता कलकताले भने ९ खेलबाट १२ अंक जोडेको छ । कलकताले ६ खेलमा जित हात पार्दा ३ खेलमा पराजय भोगेको छ ।