वातावरण

काठमाडौँ विश्वकै प्रदुषित शहर, डढेलो र धुलोका कारण हावा अस्वस्थ

इकागज | बैशाख २०, २०८१

काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायु प्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । बिहिबार १७८ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।  त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा छ । ​

प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । 

काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्र स्थानमै, मास्क लगाउन आग्रह

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । म...

कस्तो रहला आजको मौसम ?

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, क...

पाँच दिनसम्म तराईमा तातो हावासहित 'लु' लाग्‍ने, सचेत रहन मौसमविद्को सुझाव

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो  हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न&n...

काठमाडौँको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदुषित शहर

इकागज | बैशाख ९, २०८१

काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको...