रौतहटमा अत्यधिक गर्मीले खोलानाला सुके, पानी नपाएर मर्न थाले जनावर

इकागज | बैशाख १९, २०८१

रौतहट- जिल्लास्थित लाल वकैया नदिलगायत स-साना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन् ।

करिब दुई महिना आगाडिदेखि लाल बकैया नदि सुकेका छन् । पछिल्लो पटक २०७९ साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लगातार तापक्रम दैनिक बढिरहेको छ । हिजो (मंगलबार) रौतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजीवनलगायत सबै सजिव प्राणी बोट बिरूवाको साथै बाली नालीमा समेत असर परेको छ । यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गोनाही नगरपालिका- २ स्थित एउटा जंगली चौपाया घोडगदहा मृत अवस्था फेला परेको पत्रकार कमल यादवले बताए । 

प्राकृतिक खोला नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउनुपर्ने पत्रकार यादवले बताए । लाल बकैया नदिको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबैतर्फ दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । 

पानीको समस्या मधेशमै बढ्‌दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो हैण्पाइप सुक्ने र मानिसलाई पानी खानसमेत समस्या हुने बताए । चौपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफुले स्थानीय स्तरबाट जन श्रमदान गरि सुकि सकेको लाल वकैया नदिमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।

महोत्तरीको जलेश्‍वर भन्सारबाट ९ महिनामा दुई अर्ब ३५ करोड राजश्‍व संकलन

इकागज | बैशाख १७, २०८१

जनकपुर- महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्&zw...

नाबालिका हत्या प्रकरण : छिमेकीले एउटा बिस्कुट दिएर फकाए, घरभित्र लगेर हत्या गरे

इकागज | बैशाख १७, २०८१

काठमाडौँ- रियाकुमारी यादव गत १२ गते आफ्नै घरबाटै सम्पर्कविहीन भइन् । सिरहा नगरपालिका- १८ की ३ वर्षीया ...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

इकागज | बैशाख १५, २०८१

रौतहट- मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनि नेता कार्यकर्ताले योजनाका लागि दाबी छोडेका छैन...

सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

इकागज | बैशाख ५, २०८१

राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पालिकाभित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरे...