कूटनीति

भारतका प्रधानन्यायाधीश डा चन्द्राच्युड नेपालमा, यस्तो छ भ्रमण तालिका

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डा डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन् । भारतका प्रधानन्यायाधीश डा चन्द्राच्युडसहितको प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको हो । भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरे ।

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबार साँझ नेपालका प्रधानन्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ । नेपालका प्रधानन्यायाधीशले भारतको प्रधानन्यायाधीशको सम्मानमा भोलि शनिबार रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा भारतका प्रधानन्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेशकुमार र कोट मास्टर चेतन अरोरा रहेका छन् । उक्त उच्चस्तरीय भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं सं...

विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दूतावासको चेतावनी

इकागज | बैशाख २०, २०८१

काठमाडौँ - नेपाली दूतावासले क्यानडा जाने नेपाली विद्यार्थीहरूलाई पूर्ण अध्ययन गरेर आउन आग्रह गरेको...

पर्यटनमन्त्री तामाङसँग नेपालका लागि अवैतनिक भुटानी राजदूत मेजर नाम्गेलको शिष्टाचार भेट

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा हितबहादुर तामाङसँग नेपालका लागि अवैतनिक भु...

चाँडै चीनसँगका १४ नाका सञ्‍चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज | बैशाख १७, २०८१

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मे...

जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपाल भ्रमण गर्ने

जिज्ञान कुमार थापा | बैशाख १५, २०८१

जापान- जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपालको औपचारिक भ्रमण गर्ने भएकी छन् । आगामी ...

जाँदाजाँदै कतारका राजाले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

इकागज | बैशाख १२, २०८१

काठमाडौँ - कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनताला...