प्रमुख समाचार

सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ । 

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज अनलाइनका कार्यकारी सम्पादक नविन ढुगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको हो ।

सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बिहीबार बयान लिइसकेको छ भने अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतबार बयान लिने यसअघि नै तय गरिसकेको छ । तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गरेका थिए । सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

इकागज | बैशाख २१, २०८१

नवलपरासी- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको ...

नवप्रवर्द्धन कार्यक्रमका लागि छुट्याइएको ८८ करोड रकम अहिलेसम्म प्राप्त भएको छैन : मन्त्री जोशी

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मन्त्रालयका विभिन्न कार्यक्रममाथि छ...

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : उपप्रधानमन्त्री लामिछाने

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने ...

देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरे...

अरूकै नागरिकताबाट कन्सल्टेन्सी चलाएर ३ करोड ठगी गर्ने पाण्डे र श्रेष्‍ठ पक्राउ

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन्...

जेठ १ गतेदेखि काठमाडौँ महानगरभित्रका १ लाख वटा स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ...

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूक...