फुटबल

म्यानचेस्टर सिटीका फोडेन र शाँले जिते 'प्लेयर अफ द इयर अवार्ड'

इकागज | बैशाख २१, २०८१

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका फिल फोडेन तथा खदिजा शाँले फुटबल राइटर्स एसोसियसन (एफडब्ल्यूए) प्लेयर अफ द इयर घोषित भएका छन् ।

मिडफिल्डर फोडेनले मेन फुटबलर अफ द इयर तथा फरवार्ड खदिजाले वुमन फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् ।

फोडेनले सिटीकै रोड्री तथा आर्सनलका डिक्लेन राइसले पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

२३ वर्षीय फोडेनले जारी सिजनमा सिटीका लागि २४ गोल गर्नुका साथै १० गोलका लागि सहयोग गरेका छन् ।

यता जमैकाकी खदिजाले सिटीकै अलेक्स ग्रिनवुड र चेल्सीकी लाउरेन जेम्सलाई पछि पारेकी हुन् । खदिजाले जारी सिजनमा सिटीका लागि २१ गोल गरिसकेकी छन् ।

च्याम्पियन्स लिगः बार्यन म्युनिख र रियल मड्रिडको बराबरी

इकागज | बैशाख १९, २०८१

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बार्यन म्युनिख र स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेक...

प्रिमियर लिगः ब्राइटनमाथि म्यानचेस्टर सिटीको शानदार जित

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनविरुद्ध शानदार जित हात पारे...