एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

इकागज | बैशाख २१, २०८१

नवलपरासी- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवं निर्णायक शक्तिको रूपमा स्थापित गराउन आवश्यक रहेको बताए ।  

उनले भने, 'मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।' यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन् । 

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका थिए । सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । 'तत्कालीन शासकले सीमा रक्षा, स्वाधीनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर, हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहेका छौं,' उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे ।

सुकुम्वासीको टहरा भत्काउने नभई आवास बनाउने अभियान सञ्‍चालन गर्नुपर्छ : केपी ओली

इकागज | बैशाख २०, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने बताएका ...

नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : महासचिव पोखरेल

इकागज | बैशाख १९, २०८१

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन नसकेक...

लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ : बाबुराम भट्टराई

इकागज | बैशाख १८, २०८१

मोरङ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुद...

एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका ...