डिफेन्स

चितवन निकुञ्‍जमा गस्तीमा गएका सैनिक सहकर्मीको गोली लागेर घाइते

इकागज | बैशाख २०, २०८१

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको गोली लागेर घाइते भएका छन्। गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई  लागेको प्रहरीले जनाएको छ।

आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए।

हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेको प्रहरीले जनाएको छ। घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको छ।

भरतपुर अस्पतालमा उपचाररत सिंह खतरामुक्त छन्। यद्यपि उनको थप उपचारको लागि नेपाली सेनाको अस्पताल छाउनी रिफर गरिएको छ।
 

शक्ति राष्ट्रबीचको  टकरावले साना मुलुकको अस्तित्वको चुनौती :  प्रधानसेनापति शर्मा

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, ...

हिमालयन रोडिजबाट उदय भएका सिपाही हरिचन्द्र ‘गिनिज बुक रेकर्ड’को तयारीमा

इकागज | फागुन ३, २०८०

काठमाडौँ-  हरिचन्द्र गिरी नेपाली सेनामा छन् । उनी देशको मात्र सेवा गर्दैनन् । हतियारमा मात्र उनी सज...

काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

इकागज | माघ २१, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्माण...

प्रधानसेनापति शर्माको अमेरिकी नेशनल सेक्युरिटीका डाइरेक्टर एडमिरलसँग शिष्‍टाचार भेटवार्ता

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी नेशनल सेक्युरिटी काउन्सिलका सिनियर डाइर...