संसद्

सभामुखद्वारा संसद्को आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार संसद् सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशन अगावै विधेयकहरू पारित गर्ने गरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन् । आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।

अझै पनि धेरै विधेयकहरू समितिमा टुङ्गो लाग्न बाँकी रहेको र छिटो टुङ्ग्याउने काममा गति दिन आफूले आग्रह गरेको उनले बताए । उनले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरू हल गर्न सबैले भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरू समितिमा रहेकाले यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए । आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरू पेस हुने उनको भनाइ छ । उनले सहकारीको समस्या पूर्ण रूपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानुन निर्माण हुने जिकिर गरे ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद् नहुँदा संसदीय समितिमा पनि प्रभाव परेको र विधेयकमाथि छलफल रोकिएको बताए । उनले छिट्टै विधेयक अघि बढाउन सभामुखले निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै बैठकमा समिति सभापतिहरूले संसदीय समितिले दिएको निर्देशन पालनाका लागि सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

प्रस्तावित महालेखा परीक्षक रायालाई सांसदको प्रश्नः बेरुजु कम गर्ने योजना के छ ?

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, छ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ ?”...

युद्धग्रस्त देशमा रहेका नेपालीबारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान बोलाइएको समितिको बै...