पर्यटन

स्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव

इकागज | बैशाख २०, २०८१

काठमाडौँ - पर्यटनको महत्त्वपूर्ण ‘प्याकेज’का रूपमा रहेको स्पा तथा वेलनेस सेवाका लागि आवश्यक दक्ष जनशक्ति अभाव भइरहेको यस पेसा व्यवसायका सरोकारवालाले औँल्याएका छन् ।

नेपालको पर्यटनमा महत्त्वपूर्ण सेवाका रूपमा रहेको स्पा र वेलनेस सेवाको माग दिनप्रतिदिन बढिरहे पनि दक्ष जनशक्ति अभावले उपभोक्ताको माग धान्न हम्मेहम्मे परिरहेको छ । यसै परिप्रेक्ष्यमा ट्रयान्क्विलिटी स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टीसहित तीनमहिने ‘स्पा थेरापिष्ट’को तालिममा नयाँ भर्ना खोलेको छ ।

एकेडेमीले विगत लामो समयदेखि स्पा तथा ब्यूटीसियनसम्बन्धी तालिम  सञ्चालन गर्दै आइरहेको छ । हालसम्म एक हजार पाँच सय स्वदेशी तथा तीन सय विदेशी प्रशिक्षार्थीलाई स्पा थेरापिष्टसहित विभिन्न तालिम दिइएको एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए । 

एकेडेमीले नयाँ पाठ्यक्रमसहितको भर्ना खोलेको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पुरीले अथाह सम्भावना र माग भइरहेको यो क्षेत्रमा दक्ष जनशक्ति अभाव भइरहेको सन्दर्भमा एकेडेमीले विभिन्न कक्षा सञ्चालनमा ल्याउन लागेको बताए । 

काठमाडौँको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीले ‘स्पा थेरापिष्ट’ सहित विभिन्न तालिममा रोजगार ग्यारेन्टीसहित नयाँ भर्ना खोलेको कम्पनीले उल्लेख गरेको छ ।

एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले हालसम्म तालिम लिएका कोही पनि बेरोजगार नभएको बताए । सन् २००९ मा ट्रयान्क्विलिटी ब्यूटी एकेडेमीका रूपमा स्थापना भएको र हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नाममा सञ्चालन भएको हो ।

एकेडेमीका तालिम संयोजक राजेश फैजुले आवश्यकतानुसार छ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेर एकेडेमीमा तालिम दिइन्छ । रोजगारको आवश्यकता भएकाहरूलाई बैकिङ लोन तथा जब ट्रेनिङको समेत व्यवस्था गरिएको उनले बताए । ​

एकेडेमीले भारत, दुबई, थाइल्याण्ड, स्वीजरल्याण्डलगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सक ऐश्वर्य श्रेष्ठबाट प्रशिक्षण गराइरहेको जानकारी दिएको छ ।

तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै एकेडेमीले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउण्डेशन कोर्ष तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्टजस्ता कोर्षहरू डिजाइन गरी सुरुआत गरेको हो ।

स्पा एकेडेमीबाट तालिम लिएपश्चात स्वरोजगार तथा व्यावसायिक सुरुआत गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेले आकर्षक तलबसहित सम्मानजनक जागिर प्राप्त गर्न सक्ने एकेडेमीले विश्वास लिएको छ ।

ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नेपालका अधिकांश पाँचतारे होटलमा सेवा दिइरहेको स्पा तथा वेलनेस जगत्मा नेपालकै सबैभन्दा ठूलो र स्तरीय स्पा चेन भएको ट्रयान्क्विलिटी स्पा प्रालिको भगिनी संस्था हो । यकिन तथ्याङ्क नभए पनि नेपालको प्रमुख पर्यटकीय क्षेत्रमा आठ सयदेखि एक हजार स्पा सञ्चालनमा रहेको व्यवसायीको अनुमान छ ।
रासस

नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौं : मन्त्री तामाङ

इकागज | बैशाख १७, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य...

पर्यटक सवारी साधन पहिचान हुने नमुना चिह्न व्यवस्था गरिदिन यातायात व्यवसायी संघको माग

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारी साधनहरू पहिचान हुने नमुना चिह्नको...