क्रिकेट

आईपीएल : मुम्बईमाथि कोलकाता २४ रनले विजयी

इकागज |
बैशाख २२, २०८१ शनिबार ६:४३ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई २४ रनले पराजित गरेको हो ।


कोलकाताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकाताले २४ रनले जितेको थियो । यसअघि कोलकाताले पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा अल आउट हुँदै १६९ रन बनाएको थियो 

यो कोलकाताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।


Author

थप समाचार
x