होलीमा रङ्गिदै मधेस

इकागज | चैत १२, २०८०

महोत्तरी- आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ ।

कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ । होलीका दिन मध्यान्हतिर इष्टदेवलाई अबिर चढाएर मालपुवा, सेलरोटी र पुरीलगायतका परिकार अर्पण गरेपछि खाने, खुवाउने र रङ् अबिरको खेल सुरु हुन्छ ।

होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । यस पर्वमा घरपरिवार र समाजका कान्छा सदस्यले आफूभन्दा जेठाको चरण अबिरले पुजेर होली खेल्ने अनुमति माग्छन् । पर्वमा अबिर लगाइदिएपछि एक आपसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गरिन्छ । उल्लास र उमङ्गको यो पर्वमा घरघरै मालपुवा, दालपुरी र सेलरोटी विशेष परिकार मानिन्छन् ।

यसैगरी केरा, लौका, आलु, परवल र भाण्टासहितको तरुवा घरघरै पकाइन्छ । सबैका घरमा खाने, खुवाइने यी परिकारसँगै मांसहारीले आफ्नो रुचिअनुसारको मासु पकाउने र खाने, खुवाउने गर्छन् । पर्वमा भाङको सर्वत खाने र खुवाउने मैथिल परम्परा छ । पिसिएको भाङ पत्ती दूध, सख्खर र मरिच मिसाएर सर्बत बनाउने र खाने र खुवाउनेमा मिथिलामा होड नै चल्छ ।

पर्वमा समवयीबीचको होली खेल्ने परम्परा छ । यसबाहेक सालासाली/भिनाजु र  सोल्टासोल्टीबीचको रङ्ग छ्यापाछ्यापले जोसुकैलाई रोमाञ्चित गराउँछ । 

मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ ।  हिन्दु परम्पराभित्रका फरक–फरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ । यो आपसी अन्तरघुलनले बनाएको उच्चतम संस्कृति रहेको पाका मैथिल बताउँछन् । 

मिथिलाको मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज परिक्रमा सम्पन्न भएपछि वृत्तभित्र भोलि होली मनाइन्छ । पछिल्ला केही दशकयता भने कतिपय ठाउँमा होलीका नाउँमा विकृति बढ्दै गएको भन्दै पाका मधेसी  चिन्ता व्यक्त गर्छन् । होलीका परम्परागत विशिष्ट गीत हुँदाहुँदै अचेल भड्किला गीत र डिजे बाजाको कर्कस स्वर बढ्न थालेको छ ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री

इकागज | चैत १०, २०८०

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले श...

बारामा मृत बाघ फेला

इकागज | चैत ७, २०८०

बारा- बाराको कोल्हबी नगरपालिका- २ स्थित अमवा महादेव मन्दिर नजिकको जंगलमा मंगलबार दिउँसो एउटा पाटे बा...

मधेश प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

इकागज | चैत ६, २०८०

धनुषा- मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभाग...

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

इकागज | चैत ५, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतस...