क्रिकेट

नेपालसँग हार्‍यो वेस्ट इन्डिज 'ए'

इकागज |
बैशाख २२, २०८१ शनिबार १५:२९ बजे

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ६ विकेटले पराजित गरेको हो ।


यससँगै वेस्ट इन्डिज 'ए' ले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेपालले पहिलो खेल जिते पनि लगातार तीन खेलमा पराजय भोगेको थियो ।

शनिबारको खेलमा १ सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले ५१ रन बनाए । अनिल साहले ५८ रनको योगदान गरे । कुशल मल्लले ३७ रन बनाए ।  

वेस्ट इन्डिज 'ए' का लागि ओवेड म्याककोयले ३ विकेट हात पारे । म्याथ्यु फोर्डले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

वेस्ट इन्डिज 'ए' का लागि कप्तान रोस्टन चेजले ३३ रन तथा जोनसन चार्ल्सले २४ रन बनाए । म्याथ्यु फोर्डले २३ रन तथा एलिस अथानेजले ४२ रन जोडे ।

नेपालका लागि सागर ढकालले ३ तथा सोमपाल कामीले ३ र अविनाश बोहराले १ विकेट हात पारे ।  


Author

थप समाचार
x