जात्रा-पर्व

रातो मच्छिन्द्रनाथ देवतालाई स्नान गराइयो

इकागज |
बैशाख १२, २०८१ बुधबार २१:१४ बजे

काठमाडौँ - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्राको प्रक्रिया सुरु भएको छ । 

जात्राको सुरुवात मानिने ’महास्नान’ विधि बुधबार सम्पन्न भएको हो । ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथ देवतालाई स्नान गराइएको हो । चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ ।


 त्यसपछि मच्छिन्द्रनाथको मूर्तिमा प्राण हुँदैन । प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ । त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ । यसैलाई महास्नान भनिन्छ । यो जात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।


Author

थप समाचार
x