अर्थ / बाणिज्य

आज पनि घट्‌यो सुनको मूल्य

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ११:३६ बजे

काठमाडौँ- नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।


यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य विहिबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x