अर्थ / बाणिज्य

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ११:३६ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।


यसअघि बिहिबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य बिहिबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 


Author

थप समाचार
x