घटना-दुर्घटना

महोत्तरीको मटिहानीमा सयौँ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

इकागज |
बैशाख १२, २०८१ बुधबार १६:४३ बजे

महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिकाको - ६ स्थित जरलहवा गाछीमा आगलागी भएको छ ।

आगलागीको क्रममा सयौं घर जलेर नष्ट भएका छन् भने करोडौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।​


नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले आफ्नो फेसबुकबाट आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन ।

 मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउन सकेको छैन ।

 


Author

थप समाचार
x