संसद्

संसदमा कांग्रेसको अवरोध जारी, प्रतिनिधिसभामा नाराबाजी

इकागज |
जेठ ३, २०८१ बिहीबार १८:२३ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।


नाराबाजीका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ ।

यसअघि पटक-पटक सहमतिका प्रयास भए पनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।


Author

थप समाचार
x