दल

यस्तो बन्यो जसपाको पद विभाजन

इकागज |
बैशाख २३, २०८१ आइतबार २०:२७ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व 'जसपा' ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ । आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् । 

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् । केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ । केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रियाशील हुने बताइएको छ ।


पार्टीको सहअध्यक्षमा रेणु यादव रहने छिन् । उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना रहेका छन् ।

महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहने छन् । विभाजित पार्टीमा संघीय संसदका सात जना सांसद छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा जाने बताइएको छ ।


Author

थप समाचार
x