समाज

नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता

इकागज |
जेठ ४, २०८१ शुक्रबार १७:२३:४४ बजे

फाइल तस्बिर

धनगढी- नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन् ।


सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो उनी नहरमा डुबेका हुन् । इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थलमा पुगेर खोजी गर्ने काम गर्दै आएको छ ।


Author

थप समाचार
x