विश्व

बाइडेनले गरे अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर

इकागज |
बैशाख १२, २०८१ बुधबार २१:५३ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रपति जोन बाइडेनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति बाइडेनले टिकटकलाई अमेरिकालाई बेच्न वा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा बुधबार हस्ताक्षर गरेका छन्। 

टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइट डान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्न नौ महिनाको समय दिइएको छ । टिकटकले अमेरिकी नागरिकको डाटा गोप्य नराख्ने भएकाले अमेरिकाले यो कानुनमा हस्ताक्षर गरेको बताइएको छ । तर, टिकटकले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ । 



Author

थप समाचार
x