विश्व

जेरुसेलमस्थित अलजजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

इकागज |
बैशाख २४, २०८१ सोमबार १३:४७ बजे

काठमाडौँ- इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।

इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अलजजिरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।


आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अलजजिरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अलजजिरा टिभी नेटवर्कले इजरायली सरकारको 'राष्ट्रिय सुरक्षा' खतराको दाबीलाई 'झूटो' भनेको छ । अलजजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् ।

इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।

विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।


Author

थप समाचार
x