क्रिकेट

नटराजनलाई विश्वकप टिममा नराखेपछि भारतको तमिलनाडुमा प्रदर्शन

इकागज |
बैशाख १९, २०८१ बुधबार १५:१८ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि घोषित टिममा टी नटराजनलाई नसमेटिएपछि भारतको तमिलनाडुमा विरोध प्रदर्शन भएको छ ।

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा संयुक्तरुपमा आयोजना हुने विश्वकपका लागि भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको थियो ।


तर उक्त टिममा बलर नटराजनलाई भारतले स्थान नदिएपछि तमिलनाडुमा प्रदर्शन भएको आईएएनएसले जनाएको हो ।

तमिलनाडुका उद्योग मन्त्री टिआरबी राजाले पनि नटराजन टिममा नपरेपछि आक्रोश पोखेका छन् । उनले दिल्लीमा रहेका छनोटकर्ताले भारतको दक्षिणी क्षेत्रलाई हेला गरेको आरोप समेत लगाए ।

तमिलनाडुका पूर्व भारतीय टेस्ट खेलाडी एस बद्रिनाथले पनि विश्वकप टिममा नटराजनलाई समावेश नगरिएकोमा आफू निराश भएको बताए ।

उनले नटराजनले अहिले राम्रो प्रदर्शन गरिरहेको तथा इन्डियन प्रिमियर लिगमा पनि राम्रो विकेट हात पारिरहेका बताए ।

बद्रिनाथले तमिलनाडुका खेलाडीले भारतीय टिममा स्थान पाउन अन्य क्षेत्रका खेलाडी भन्दा दोब्बर मेहनत गर्नुपरेको तथा यस्तो विभेद आफूले पनि भोगेको आरोप लगाए ।

नटराजनले जारी आईपीएलमा सनराइजर्स हैदराबादका लागि ७ खेलमा १३ विकेट हात पारेका छन् ।


Author

थप समाचार
x