क्रिकेट

वेस्ट इन्डिज 'ए' सँग फेरि हार्‍यो नेपाल

इकागज |
बैशाख १९, २०८१ बुधबार १५:४६ बजे

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाललाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई ७६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिज 'ए' ले सिरिजमा २-१ को अग्रता लिएको छ ।


यसअघि पहिलो खेल नेपालले जित्दा दोस्रो खेल भने वेस्ट इन्डिज 'ए' ले आफ्नो पक्षमा पारेको थियो ।

बुधबारको खेलमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २० तथा विनोद भण्डारीले १९ रन बनाए ।

वेस्ट इन्डिजका लागि हायडेन वाल्सले ३ तथा गुडाकेस मोटीले २ विकेट लिए । ओवेड म्याककोय, म्याथ्यु फोर्ड र फावियन एलेनले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो ।

वेस्ट इन्डिज 'ए' का लागि जोनसन चार्ल्सले १ सय १९ रन बनाए । उनले बलको ६१ सामना गर्दा १३ चौका र ७ छक्का हिर्काए ।

आन्द्रे प्लेचरले ५३ रन तथा एलिस अथानेजले १७ रन जोडे । फावियन एलेनले १९ रन बनाए ।  

नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट हात पारे ।


Author

थप समाचार
x