बाँकेमा किसानलाई अनुदानमा दिने मलमा दुरुपयोग

इकागज | माघ १२, २०८०

जानकी(बाँके)- नेपाल सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरिएको अनुगमनमा बाँकेको नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत भएको पाइएको छ ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ । सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ ।

सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानको मल हाललाई सिल गरी गायब भएको एक सय बोरा मलका विषयमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । रासस

खुसी भए किसान

इकागज | माघ ११, २०८०

म्याग्दी (बेनी)- म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसियाली छाएको छ । बुधबार यस वर्षको हिउँद य...

डिडिसीले गरेन साउनयता दूधको भुक्तानी : किसान भन्छन्- परिवार पाल्न धौधौ भयो

इकागज | माघ ९, २०८०

फिक्कल (इलाम)- इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल ग...

मह खाने प्रतियोगिता :  पहिलो हुने लामिछानेले खाएका थिए १ मिनेट ४८ सेकेन्डमा तीन सय ग्राम मह

इकागज | माघ ८, २०८०

गण्डकी- सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगना...